Logo

राहदानी आवेदन र वितरण कार्य स्थगित गरिएकोमा नेविसंघको ध्यानाकार्षण, अध्यक्ष शेर्पाले निकाले कडा विज्ञप्ती



काठमाडौं, २० पुष । नेपाल विद्यार्थी संघले राहदानी विभागले सूचना प्रकाशन गरी सिस्टमको समस्या देखाउँदै अनिश्चित्कालिन राहदानी आवेदन र वितरण कार्य स्थगित गरेकोप्रति ध्यानाकार्षण जनाएको छ ।

आज (बुधबार) संगठनको तर्फबाट एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विभिन्न सञ्चार माध्यम र बुद्धिजिवी वर्गबाट नै शंकास्पद ढंगले सम्बन्धित विभागका कर्मचारीहरुद्धारा प्रणाली अवरुद्ध पारिएको र यसको मुख्य कारण नेपाल सरकार गृह मन्त्रालयको नीतिबिनाको ठाडाने निर्देशन रहेको भन्ने समाचारले थप जटिलता उत्पन्न भएको उल्लेख गरेका छन् ।

राहदानीजस्तो महत्वपूर्ण कागजात वितरण गर्ने गम्भीर विषयमा सरकार र विभागीय कर्मचारीहरुबीचको असमझदारीले आम नेपाली नागरिकले भोग्पुरेको समस्याबारे आफ्नो संगठन चिन्तित रहेको पनि शेर्पाको भनाई छ ।

शेर्पाले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

 



प्रतिक्रिया दिनुहोस्

Screenshot