Logo

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत



अबुजा, २५ पुस । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ ।
इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय) मा भएको थियो ।
एके-४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए ।
सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्रा भएको बताएका छन् ।
अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको नेहिखरेले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्