Logo

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता



काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् ।

‘जनमत सबै मिलेर काम गर भन्ने खालकाे छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिकाे सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्राे धारणा हाे । यसमा कांग्रेसले विश्वासकाे मत दिएर सहयाेग गर्छ र गर्नुपर्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाैडेलले भने ।

आज संसदकाे अत्यधिक मतसहित प्रचण्डले विश्वासकाे मत लिने दाबी पनि उनले गरे । ‘प्राप्त सूचना र भेटघाटका आधारमा सरकारले अत्यधिक मत प्राप्त गर्छ । राजनीतिक स्थायित्व, अर्थतन्त्र र कूटनीतिक सम्बन्धकाे सुधार लगायतका साझा एजेन्डा लागू गर्न कांग्रेस पनि जिम्मेवार बन्नुपर्छ ।’ विचार, सिद्धान्त र एजेन्डा मिल्ने दलहरूसँग सहकार्य, एकता र ध्रुवीकरण आवश्यक रहेकाे पनि उनले औल्याए।



प्रतिक्रिया दिनुहोस्

Screenshot