Logo

साउदीमा किन रोनाल्डोले करोडौं भाडा तिरिरहेका छन् ?



एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको फुटबल क्लब अल नासर एफसीसँगको सम्झौतापछि रियाद पुगेका छन्। रोनाल्डो, उनकी प्रेमिका जार्जिना रोड्रिगेज र पाँच बच्चाकोसाथै सहयोगी कर्मचारीसँग रियादको फोर सिजन होटलमा बसेका छन्।

सञ्चारमाध्यमहरुका अनुसार रोनाल्डोले फोर सीजन होटलमा दुई तला लिएका छन् जसमा १७ कोठा रहेका छन्। ४ हजार वर्गफिटमा फैलिएको होटलमा उनी ४८ औं र ५० औं तलामा रहेका छन्। यसमा बैठक कोठा, निजी कार्यालय, भोजन कक्ष र मिडिया कोठा रहेका छन्।

रोनाल्डोको कोठाबाट रियाद सहरको सुन्दर दृष्य देखिन्छ। फोर सिजन होटलमा धेरै लक्जरी पसल, टेनिस कोर्ट, स्पा सेन्टर र स्विमिंग पुल रहेका छन्। यस पाँच तारे होटलमा रोनाल्डो र उनको पूरै समूहको लागि विभिन्न प्रकारका खानेकुराहरको ब्यवस्था गरिएको छ।

यस होटलमा बस्नका लागि लाग्ने खर्च होटलको वेबसाइटमा राखिएको छैन। तर यो अनुमान गरिएको छ कि उनी प्रतिमहिना ३ लाख डलर भन्दापनिबढी बिल तिर्नुपर्ने हुनसक्छ।

रोनाल्डो तबसम्म यो होटलमा बस्नेछन् जबसम्म उनीलाई स्थायी घर पाइदैन। स्थायी घर पाउनेबित्तिकै रोनाल्डो यो होटल छोड्नेछन्।

तस्बिर : Alamy/Four Seasons/AFP



प्रतिक्रिया दिनुहोस्

Screenshot