Logo

एक महिनामा पाँच करोडको चुईङ्गम खान्छन् नेपाली



काठमाडौं, २७ पुष । नेपालमा एक महिनामा ५ करोड बराबरको चुईङ्गम आयात भएको पाइएको छ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म २५ करोड ९३ लाखभन्दा बढीको चुईङ्गम आयात भएको हो।

नेपालमा सबैभन्दाबढी चुईङ्गम भारतबाट आयात हुन्छ। भारतबाट मात्रै २५ करोडबराबरको चुईङ्गम आयात भएको छ।

गत आर्थिक वर्षमा भने ३२ करोड मूल्यको चुईङ्गम आयात गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot