Logo

आजदेखि बोतल र जर्किनमा पेट्रोल, डिजेल बेच्न नपाईने



काठमाडौं, माघ ११ ।  नेपाल प्रहरीले बोतल तथा जर्किनमा डिजेल तथा पेट्रोल लगायतका पेट्रोलियम पदार्थ बिक्रि गर्न पम्पहरूलाई प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समयमा काठमाण्डौ जिल्लाका केहि पेट्रोल पम्पहरूबाट खुल्लारुपमा बोतल, जर्किन लगायतका भाँडोमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्रि बितरण भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको हो ।

काठमाडौँ प्रहरी परिसरले सूचना प्रकाशन गर्दै अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्रि गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर,पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवं भौतिक क्षति समेत हुने सुरक्षा संवेदनशील बिषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्लारुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण नगर्न नगराउन सम्पूर्ण पेट्रोल पम्प सञ्चालकहरुलाई आग्रह गरेको हो ।

सुरक्षा संवेदनशीलताको सूचना बिपरित पेट्रोलियम पदार्थको बिक्री बितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारवाही हुने परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्