Logo

भाटभटेनी सुपरमार्केटको दाबी : व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनीलाई समयमै भुक्तानी गरिएको छ



काठमाडौं, १२ माघ । भाटभटेनी सुपरमार्केटले इलाम सूर्योदय–११ केराबारीका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनी (सूर्योदय एग्रो ईण्डष्ट्रिज एण्ड फार्म हाउस प्रा.ली() लाई भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी गरेको दाबी गरेको छ । सो कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्त्वमा रहेको कम्पनीको भुक्तानी समयमा गरिएको स्पष्ट पारिएको हो ।

भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,“इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ, साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।”

मिति : २०७९/१०/१२
प्रेस विज्ञप्ति

इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ । साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ ।

आचार्यको निधनप्रति उहाँको परिवारलाई जत्तिको पीडा हामीलाई पनि परेको जानकारी यहाँहरुमाझ गराउन चाहन्छौँ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ ।

नेपालमै उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप हामीले उहाँलाई साथ दिँदै आएका हौं । तसर्थ आचार्यको नेतृत्त्वमा रहेको सूर्योदय एग्रो इन्डष्ट्रिज एण्ड फार्म हाउस प्रालिसँग हामीले गरेको कारोबारको भुक्तानी समयमा भएको पनि जानकारी गराउदछौं ।

उहाँको कम्पनीबाट लिइएका सामग्रीको समयमा भुक्तानी गरिएको र कहिले पनि उहाँलाई दुःख दिने नियत नभएको स्पष्ट पार्न चाहन्छौँ ।
उहाँमात्रै नभएर अन्य भेन्डरहरुलाई समेत हामीले हाम्रो समस्यालाई थाती राखेर भुक्तानी दिँदै आएको यहाँहरुसमक्ष जानकारी गराउँदै उहाँको कम्पनीलाई भुक्तानी गरिएका भौचरको कपी पनि यसै विज्ञप्तिसहित यहाँहरुसमक्ष प्रेषित गरेका छौँ । धन्यवाद

भाटभटेनी सुपरमार्केट



प्रतिक्रिया दिनुहोस्

Screenshot