Logo

रबिलाई पुनः गृहमा फर्काउने कसरतमा ओली, प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा निर्णायक भेटवार्ता



काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता जारी रहेको हो । रबि लामिछानेलाई गृहमन्त्रालयमा गैरसांसद्‍मा नियुक्ति गर्न प्रचण्डलाई केही दिनदेखि लगातार दबाब दिइरहेका अध्यक्ष ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

लामिछानेको नागरिकतासम्बन्धी अदालतको फैसलाको पूर्णपाठ नआउदाँसम्म गृहमन्त्रीमा कसैलाई नियुक्त नगर्ने बताइरहेका प्रधानमन्त्री प्रचण्ड लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेबाहेक अन्य सांसदलाई पनि गृहमन्त्री बनाउने मुडमा छैनन्। यस्तै राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अभिव्यक्ति दिइरहँदा एमाले अध्यक्ष ओली भने पहिलादेखि नै केही रुष्ट बन्दै आएका थिए।

पूर्व शर्तअनुरुप एमालेबाट नै राष्ट्रपति पाउनुपर्ने धारणा राखिरहेको एमाले यतिबेला आफ्नै सत्तासाझेदार प्रधानमन्त्रीको दल माओवादीका निर्णयहरुबाट झस्किएको छ । ओलीको ठूलो दबाब हुँदापनि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेको र राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमती खोज्ने बताइरहेका प्रचण्डमाथि ओलीको अविश्वास सुरु भएको छ । कांग्रेसको सहयोग रहेको र ओलीले असहयोग गरे कांग्रेसबाट राष्ट्रपति बनाएर सरकार चलाउने प्रचण्डको योजना छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनिसँगै रहेका थिए । उनीहरुबीच सरकार गठनको सहमति अनुसार रास्वपाले पाएको गृहमन्त्रालय अब कसले नेतृत्व गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot