Logo

सांसद सुमना श्रेष्ठको प्रश्न : एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?



काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा कुन नैतिकताले खेलाईएको भन्दै प्रश्न गरेकी छिन् । उनले न्यायपालिकाको काम चुस्त, दूरुस्त हुनुपर्नेमा जोड दिईन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले न्यायसम्पादन चाँडो नहुँदा समाज कानूनी मुद्दामा पनि विभाजित हुन थालेको उठाईन् ।उनले भनिन्–‘सन्दीप लामिछानेको मुद्दा हामी कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरेपितको नाम सार्वजनिक किन गरियो ? राष्ट्रको प्रतिनिधित्व भएको व्यक्तिको मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot