Logo

प्रचण्डकै लाइनमा उपेन्द्र यादव, राष्ट्रपतिमा सहमति खोज्नुपर्ने अडान



काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपतिमा सहमति खोजिनुपर्ने बटमलाईन लिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा सहमति खोजिने बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डकै लाइनमा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो धारणा राख्न थालेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रमुख दलहरु घनिभूत छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालले एमालेलाई राष्ट्रपति दिनेबारे सहमति गरेको चर्चा थियो । तर, २६ पुषमा संसद्मा विश्वासको मत लिँदा कांग्रेसको पनि मत पाएसँगै प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा सहमतिको प्रस्ताव राखेका छन् ।

योसँगै नेपाली कांग्रेस हौसिएको छ । कांग्रेसले प्रचण्डको साथमा आफ्नो उम्मेदवार अघि सार्ने तयारी गरेको छ । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्र निर्णायक छ । उसले जसलाई समर्थन गर्छ उसैले राष्ट्रपतिमा बाजी मार्ने निश्चित् छ । पछिल्लो समय जसपामा समेत सहमतिमा नै राष्ट्रपति निर्वाचित गर्नुपर्ने अडान लिन थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot