Logo

लोसपाका नेताहरु महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनेमा विश्वस्त



काठमाडौं, १० फागुन । लोकतान्त्रिक समाजवादी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति उम्मेदवारको विषयमा गर्न लोसपाको शीर्ष नेताको टोली कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगेको हो ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार लोसपाले राष्ट्रिय सहमतिय राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त हुने भन्दै ठाकुरको नाम प्रस्ताव गरेको छ । लोसपाले अघि सारेको उम्मेदवारलाई राष्ट्रपति कायम गर्न आग्रह गर्दै दुई दलका नेताबीच छलफल भएको भण्डारीले बताए ।

मंगलबार लोसपाको शीर्ष नेताको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)ले गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको अडान लिएपछि दलहरुबीच भावी राष्ट्रपतिका लागि कसरत चलिरहेको छ । राष्ट्रपतिको चुनाव आगामी फागुन २५ गते हुँदैछ । १३ गते मनोनयन दर्ता हुँदैछ भने आज मतदाता नामावली सार्वजनिक हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot