Logo

प्रचण्डसँग उपेन्द्र यादवको अडान : उपराष्ट्रपति दिएमात्रै नयाँ समिकरणमा बस्छौं



काठमाडौं, ११ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा नयाँ समिकरण बनाउने प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । तर, त्यसको लागि पावर सेयरिङ जसपालाई उपराष्ट्रपति हुनुपर्ने अडान लिएका छन् । यादव सुरुवातदेखि नै उपराष्ट्रपति पाउनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसलाई राष्ट्रपति दिने वचन दिइसकेका छन् । तर, कांग्रेससँग गठबन्धन बनाउनुअघि उनले यादव नेतृत्वको जसपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको साथ खोजेका छन् । दुवै दलले प्रचण्डको प्रस्तावलाई सहर्ष स्विकारेका छन् । तर, कांग्रेससहितको नयाँ गठबन्धन बनाउनुअघि जसपा र नेकपा (एस) ले शक्ति बाँडफाँडको सुनिश्चित्ता खोजेको छ ।

माधव नेपाललाई त राष्ट्रपति बन्नको लागि एमालेबाट प्रस्ताव आएको छ । नेपालले पनि एमालेको प्रस्तावलाई लिएर सकारात्मक जवाफ दिएका छन् । तर, कांग्रेससहितको पूरानो गठबन्धन ब्यँुताउनको लागि माधव नेपाल पनि सकारात्मक छन् । यादव अहिले प्रधानमन्त्री दाहालसँग निर्णायक छलफलमा छन् । उनले नयाँ गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिए नयाँ समिकरणलाई साथ दिने वचन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्