Logo

सन्दीपलाई सर्वोच्चको पनि शर्तैशर्त



काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेले विदेश गएर आएको १५ दिनभित्र अदातलमा उपस्थित हुनुपर्ने भएको छ।

सर्वोच्च अदालतले आज उनको मुद्धाको फैसला गर्दै खेलका लागि विदेश जान पाउने आदेश दिएको छ।

सर्वोच्चले उनलाई थुनामा राख्नु नपर्नेभन्दै खेलका लागि विदेश जान अनुमति दिएको हो।

यस्तै, लामिछानेले विदेश गएर फर्केको १५ दिनमा अदालतमा हाजिर हुनपर्ने पनि आदेश दिएको छ।

आज बन्द इजलासमा सुनुवाई गर्दै न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालले लामिछानेको राहदानी फुकुवा गर्न र उनको मुद्धाको फैसला फास्ट ट्रयाकबाट गर्नपनि आदेश दिएको हो।

उनले विदेश जानका लागि पनि अदालतबाट अनुमति लिनुपर्ने भएको छ।

लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

नेपाल युएई र पुपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलाका नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीपको स्थानमा प्रतीश जिसीलाई समावेश गर्दै टोलीलाई युएई पठाईसकेको छ ।

नाबालिग बलात्कारको मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सन्दीपलाई पुस अन्तिममा उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो।

उच्च अदालत पाटनको आदेशविद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। यसअघि उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि विदेश जान भने रोक लगाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot