Logo

दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट नियमित सञ्चालनमा



काठमाडौं, फागुन २१ । नयाँ पुल बनाउन र सडक मर्मत गर्न गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आजदेखि उक्त सडक खण्डमा नियमित सवारी साधन आवतजावत हुने भएका छन् ।

गत पुस ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot