Logo

साफ यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै



काठमाडौं, चैत ६ । साफ यु-१७ महिला च्याम्पियनसिप आजबाट बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । आज हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि यु-१५ को उपाधि जितेको नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ ।

आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान भिड्नेछन् । च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता रहेको छ । युरोपियन टोली रुसले पहिलोपटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot