Logo

प्रधानमन्त्री दाहालले अब विश्वासको मत लिनु पर्दैन : अध्यक्ष नेपाल



काठमाडौं, ६ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वासको मत लिनु नपर्ने बताएका छन्।

संसद् भवनमा प्रधानमन्त्री दाहालको विश्वासको मतका लागि आयोजित बैठकलाई सम्बोधन गर्दै नेपालले अब प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु नपर्ने बताएका हुन्।

‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था त आउँदैन? यो आशंका गर्नु अस्वभाविक ठान्दिनँ म। तर त्यो अवस्था आउँदैन भन्ने विश्वास छ,’ उनले भने, ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ। अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot