Logo

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न भोलि १० दलको बैठक बोलाइयो



काठमाडौं, चैत १३ । मन्त्रिपरिषद्लाई पूर्णता दिन भोलि सत्ता साझोदार १० दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बसेको बैठकले १० दलको बैठक बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिएको पनि एक हप्ता हुन लाग्दासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना भइरहेको छ । प्रधानमन्त्रीले सबै १० दललाई समेट्न खोज्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्