Logo

अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन– कमल थापा



काठमाडौं, १३ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको टिप्पणी गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न ल्याएको विधेयका बारेमा विभिन्न पार्टीले अहिले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
थापाले आज (सोमबार) समाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले द्वन्द्वकालमा सयौं निर्दोषहरुको हत्या भएको र उनीहरुका परिवारले न्याय पाउनु पर्ने बताएका हुन् ।

‘माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएको छ।उनीहरुका परिवारले न्याय पाउनुपर्छ। हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन। हत्या जघन्य अपराध हो,’– उनले भनेका छन् ।

साथै, अहिले विद्रोही पक्ष र सरकार पक्ष एउटै भएको अवस्था रहेको उनको टिप्पणी छ । यद्यपि संसद्ले विवेक नगु्माउनेमा उनले विश्वास व्यक्त गरेका छन् । ‘अहिले विद्रोही र सरकार दुवै एउटै भएकाछन्।संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्