Logo

मन्त्रीबाट राजीनामा दिएकोमा सिके राउतले दिए खांनलाई बधाई, जनमत मन्त्री पदको भोको होईन



काठमाडौं, १७ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काम गर्ने वातावरण नरहेपछि आफ्नो दल सरकारबाट बाहिरिएको टिप्पणी गरेका छन् । उनले आफ्नो दल कुनै मन्त्री पदको भोको नभएको पनि उल्लेख गरेका छन् । उनले पार्टीको तर्फबाट खानेपानी मन्त्रीबाट राजीनामा दिएका अब्दुल खांनलाई बधाईसमेत दिएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। यदि त्यो गर्न सकिएन र हामीले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबंदीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन सकिएन भन्ने सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी जनमत पार्टी होइन।

मा. अब्दुल खानलाई धेरै धेरै बधाई छ – उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरह्नुको औचित्य हुँदैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot