Logo

इन्डियन आइडलको उपाधि ऋषि सिंहलाई



काठमाडौं । भारतीय इन्डियन आइडल सिजन–१३ को उपाधि ऋषि सिंहले जितका छन्। गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् ।

उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाएका छन्। फस्ट रनरअप बनेकी रोयले पाँच लाख प्राप्त गरिन्। चिराग कोटवाल तेस्रो भएका छन् ।

फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot