Logo

तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनालले गराए उम्मेदवारी दर्ता



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा भगवती न्यौपाने छिन् भने समर्थकमा एकबहादुर राना छन् ।

खनाल यसअघि मंसिरमा भएको निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए ।

उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot