Logo

पार्टीले छलाङ मारिसक्यो, ०८४ को निर्वाचनमा वैकल्पिक शक्ति हुन्छौं : अध्यक्ष श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता/कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पार्टीमा स्वागत गरिन् । उनीहरुलाई मन्त्री श्रेष्ठले खादा लगाएर पार्टीमा स्वागत गरेकी थिईन् ।
पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीलाई टीकापुर आन्दोलनले जन्माएको स्पष्ट पारिन् । पार्टी स्थापना भएको डेढ वर्षमा नै नाउपाले छलाङ मारेको उनको भनाई छ ।

‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक सुप्रिमो रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा हुनुहुन्छ । .उहाँसँग देशका विभिन्न कारागारमा रहनुभएका टीकापुर घट्नामा दोषी बनाइएकाहरु हुनुहुन्छ । उक्त घट्ना भएरनै आज नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ,’–उनले भनिन् ।
दमनको विरुद्धमा शक्तिको उत्पादन हुनेभन्दै उनले नागरिक उन्मुक्ति पार्टी पनि सोही दमनको उत्पादन भएको बताईन् ।

आगामी आम निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशमा राजनीतिको वैकल्पिक शक्ति भएर उदाउने पनि उनको दाबी छ । दमनका विरुद्धमा सुदूरबाट उदाएको पार्टीले छोटो समयमा नै पूर्वसम्म आफ्नो वर्चश्व जमाएको उनले बताईन् ।

‘जहाँ दमन चल्छ, त्यो दमनको विरुद्धमा शक्ति उत्पादन हुने गर्दछ । त्यही शक्ति हो–नागरिक उन्मुक्ति पार्टी । देशका लागि वैकल्पिक शक्तिका रुपमा उदायको, सुदूरपश्चिमबाट उदाएको पार्टी आज पूर्वसम्म पनि फैलिईसकेको छ,’– उनले भनिन् । साथै, उनले नवप्रवेशीहरुलाई बधाई एवं शुभकामना व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot