Logo

जसपाले बुथ क्याप्चर गरेको सिके राउतको आरोप



काठमाडौं,१० वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उपनिर्वाचन भईरहेको बारा २ मा जसपाले बुथ क्याप्चर गर्न खोजेको आरोप लगाएका छन् ।

बारा २ को निर्वाचन भइरहेको केही स्थानमा पुगेपछी सञ्चारकर्मीसँग कुराकानी गर्दै राउतले कम्तीमा ४-५ वटा मतदान केन्द्रमा जसपाले बुथ कब्जा गर्ने प्रयास गरिरहेको बताएका छन् ।

‘बेलडारी, झिटकैयासहित अरु १-२ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ,’ राउतले भने
बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहबीच तिब्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

यादव र कुशवाहाका अतिरिक्त एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल मैदानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot