Logo

चितवन अपडेट : नयाँ किरण माविमा मतदान सुरु गर्न मतदाताले गरे नाराबाजी



काठमाडौं, १० बैशाख । चितवन-२ अन्तर्गत भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन्।

दुई पक्षबीच विवाद हुँदा रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै मतदाताले प्रदर्शनसहित नाराबाजी गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर पुन: संचालन गर्नेबारे छलफल भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot