Logo

जिरोनाले रियल मड्रिडलाई हरायो



एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तरगत मंगलबार राति भएको खेलमा जिरोनोले रियललाई ४–२ गोल अन्तरले हराएको छ ।

खेलमा जिरोनालाई विजयी गराउन सबै चार गोल अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसले गरेका हुन् । रियलविरुद्ध स्पेनिस ला–लिगामा ७५ वर्षपछि कुनै पनि खेलाडी एक्लैले चार गोल गर्न सफल भए । जिरोनाको मैदानमा भएको खेलमा रियलका भिनियस जुनियर र लुकास भास्क्वेजले एक एक गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको १२ औं मिनेटमा कास्टेलानोसले गोल गर्दै जिरोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत दोस्रो गोल गर्दै जिरोनालाई दोब्बर अग्रता दिलाए । यस्तै, ३४ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए ।

४६ औं मिनेटमा कास्टेलानोसले ह्याट्रिक पूरा गर्दै जिरोनालाई ३–१ को अग्रता दिलाए । ६२ औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत चौथो गोल गर्दै जिरोनालाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै रियललाई ४–२ को स्थितिमा ल्याए । बाँकी समयमा कुनै गोल हुन नसकेपछि जिरोनाले ४–२ ले खेल खेल जितेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot