Logo

रास्वपा सांसदलाई धमलाको प्रश्न– गृह मन्त्रालय नपाएकाले प्रतिपक्षी बेन्चमा बस्नुभएको हो ?



काठमाडौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले चितवन र तनहुँबासीको जनमत कदर गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् । उनले आफ्नो पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साविकका मन्त्रालय दिनुस् नभनेको पनि दाबी गरे ।
‘गठबन्धन दलका नेताहरुले बोलेका कुरा सबै सत्य छन् भन्ने मलाई लाग्दैन । राजनीतिमा कहिलेकाहीं चलाखीपूर्ण तरिकाले बोलिन्छन् । हामीले गृहमन्त्रालय माग्ने भनेको आफ्नो फाइदाभन्दा पनि राष्ट्रका लागि हो । हाम्रो पार्टीका सभापतिज्यूका कतिपय कुरालाई तोडमोड गरिएको छ । कटाक्ष र छिर्के हान्ने प्रवृत्तिलेसहकार्य कसरी सम्भव हुन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सांसद नेपालीले संसदको चौथो ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री वा प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेट्न जानु स्वाभाविक भएको पनि बताए । उनले भने, ‘त्यस क्रममा कुनै सर्त राखेको र त्यो पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं भनेको भन्ने कुरामा मेरो सहमति छैन ।’ जनतालाई डेलिभरी दिन साविकको मन्त्रालय माग्नेु हक रास्वपालाई भएको पनि उनको जिकिर छ ।

आगामी दिनमा प्रतिपक्षी बेन्चमा बसेर नेकपा एमालेसँग सहकार्य हुन सक्ने पनि उनले औंल्याए । नेपालीले भने, ‘अहिले एमाले र रास्वपा दुवै प्रतिपक्षमा छौं । हामी जनताको मुद्दा आआफ्नो तरकाले उठाउँछौं । सहकार्य पछिका कुरा हुन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot