Logo

प्रचण्ड र अमेरशकुमारजस्ता दिल्लीका बिल्लीलाई त हामीले यहाँ ठाउँ दियौं : दयालबहादुर शाही (भिडिओसहित)



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का सांसद दयालबहादुर शाहीले आफ्नो दल यो देशमा सबैभन्दा बढि भ्रष्टाचारविरुद्ध लडेको बताएका छन् । उनले कांग्रेस र माओवादीले भ्रष्टाचार र बैंक लुटेको पैसा प्रयोग नगरेको नभए आफ्नो दलले १० वर्षअघि नै दुई तिहाई ल्याईसकेको हुने थियो भन्ने दाबी गरे ।

उनले भने,‘कांग्रेसले उद्योग बेचेको पैसा र माओवादीले बैंक लुटेको पैसा निर्वाचनमा प्रयोग गरे, नत्र हाम्रो पार्टीले उहिल्यै दुई तिहाई ल्याईसक्दथ्यो ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी स्वास्नी सिंगार्ने र देश बिगार्ने पार्टी नभएको पनि बताए ।

उनले एमालेको पाखुरा चलेपछि ०४६ सालपछि कांग्रेस सत्तामा पुगेको पनि टिप्पणी गरे । उनले प्रचण्ड र अमरेशकुमारजस्ता दिल्लीका बिल्लीलाई पनि आफूहरुले यहाँ (नेपालमा) ठाउँ दिएको आरोप लगाए । उनले कांग्रेस अब एमालेलाई खनेको खाडलमा पर्ने दाबी गरे ।

उनले भने,‘न्याउरी मारि पछुताउनु भनेजस्तै, अब स्वर्णिम वाग्लेको सागरमा डुब्नुहुन्छ ।’ उनले कांग्रेसले आफूहरुका भगौडाहरुलाई जागा दिएकोले अब कांग्रेसमा पहिरो जाने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot