Logo

विपद् व्यवस्थापनमा जुट्न प्रजिअ यादवको निर्देशन



बखतियार अलि

सर्लाही ३१ वैशाख । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनमा जुट्न सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् । वैशाख जेष्ठ महिनामा जिल्लाका अधिकांश ठाउमा आगलागीको घटनामा ह्वातै बढेकाले सजकता अपनाउन तथा अकस्मात आगलागीको घटनालाई नियन्त्रणका लागि पूर्वतयारी गर्न प्रजिअ यादवले सरोकारवाला निकायहरूलाई निर्देशन दिए ।

दैवीप्रकोप नियन्त्रण तथा नियुनीकरण गर्न बसेका सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रमुख, नेपाल प्रहरीका जिल्ला प्रमुख नरेशराज सुवेदी, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना लगायतका अधिकारीहरूको उपस्थिति थियो । त्यस्तै, बैठकमा मलंगवा नगरपालिका प्रमुख नागेन्द्रप्रसाद यादव, कौडेना गाउपालिका अध्यक्ष बबलु यादव, बसवरिया गाउपालिका अध्यक्ष रामसिंहासन राय, रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, हरिपुर्बा नगरपालिका प्रमुख विनोदकुमार साह, लगायत विभिन्न पार्टीका प्रतिनिधि, राजनीति दलका नेता तथा कर्याकर्ता लगायत नागरिक समाजका अगुवाद्वय शिवचनद्र चौधरी, उग्रकान्त झा लगायत संचारकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष तथा प्रमुखहरूले बारूण यन्त्र जिल्लामा २ वटा मात्र रहेकोले आगलागीका घटना नियन्त्रण गर्न समस्या भएको बताएका थिए । नागरिक समाजका अगुवा उग्रकान्त झाले भने पालिकाहरूले दैवीप्रकोप नियन्त्रण तथा यसको रोकथाम गर्न पूर्वतयारी नगरेकोले अकस्मात हुने घटनालाई नियन्त्रण गर्न नसकेको बताए । त्यस्तै, शिवचनद्र चौधरीले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई भईरहेकोले ठेकेदार कम्पनीलाई कार्बाही गर्नुपर्ने माग गरे । असार, साउन महिनामा पनि बाढी पहिरोबाट घरपरिवार प्रभावित हुँदै आएकोले यसका लागि दीर्घकालिन समाधानको बाटो अवलम्बन गर्नुपर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताए । बारूण यन्त्र थप्ने बारेमा मधेश प्रदेश सरकारसँग पहल भइरहेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot