Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं, ३१ वैशाख । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा भोलि (सोमबार) बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीका बारेमासमेत छलफल हुने बताइएको छ । त्यसैगरी, संसदीय समितिको सभापति चयनका बारेमा पनि छलफल हुने बताइएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलको शीर्ष नेताहरुको बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति जुटेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot