Logo

टोपबहादुर भागेको ११ दिन, खोज्न भारत पुग्यो सिआईबीको टोली



काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझी भागेको आज ११ दिन पुगेको छ। उनी बैशाख २० गतेबाट फरार छन् ।

प्रहरीले काठमाडौंमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दा उनी भने अर्घाखाँचीमा एक कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए । साँझसम्म मिडियामा प्रतिक्रिया दिएका रायमाझी अहिले फरार छन् ।

प्रहरीसम्वद्ध उच्च स्रोतको दाबीअनुसार रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको छ । रायमाझी भारतमा रहेको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot