Logo

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ



काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझी आज (आइतबार) साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन् ।

रायमाझीविरुद्ध बैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनले प्रहरी नेतृत्वलाई फोन गरेर आफू सोही साँझ काठमाडौं फर्कन लागेको जनाएका थिए । पक्राउ पुर्जी जारी हुँदा उनी गृहजिल्ला अर्घाखाँचीमा थिए । यो प्रकरणमा उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot