Logo

नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै रास्वपा सांसद श्रेष्ठद्वारा संकल्प प्रस्ताव दर्ता



काठमाडौं, १ जेठ । नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज (सोमबार) संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।

नक्कली शरणार्थी प्रकरण सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गत सङ्गठित अपराधको दायराभित्र पर्ने संकल्प प्रस्तावमा भनिएको छ । नागरिकलाई अर्को मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरि राज्य र नागरिकप्रति घात गर्ने राष्ट्रद्रोही कार्य मुलुकी फौजदारी संहिता २०७४ को भाग २ परिच्छेद १ अन्तर्गतको राज्य विरुद्धको कसुरमासमेत पर्न जाने उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot