Logo

महाराजगञ्ज नर्सिङ् क्याम्पस प्रमुख प्राध्यापक मुना रानाविरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अनेरास्ववियुले गर्यो अख्तियारमा उजुरी



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसको करिकुलम कोर्सको हिमालयन बैंकमा रहेको करिब ११ लाख ८० हजार रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा सारेर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले अख्तियारमा उजुरी दर्ता गरेको जनाएका हुन् ।

उनले फेशबुकमार्फत लेखेका छन्-

महाराजगन्ज नर्सिङ्ग क्याम्पसको क्याम्पस प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसको करिकुलम कोसको हिमालयन बैन्कमा रहेको करिब ११ लाखा ८० हजार रुपैया रकम गत अगस्ट २०२२ मा आफ्नो ब्यक्तिगत खातामा ट्रान्सफर गरेर आर्थिक अनियमितत्ता गरेको पाइए पछि नर्सिङ्ग स्ववियुले निरन्तर खबरदारी गर्दै आएको थियो।आज अनेरास्ववियु केन्द्रीय कमिटीले अख्तियारमा उजुरी दर्ता गरेको छ्। क्याम्पसको रकम बिहेमा दाइजो आएको रकम जस्तो मनपरी गर्दा पनि हुन्छ भन्ने क्याम्पस प्रमुखलाइ तुरुन्त निलम्बन गरि छानविन प्रकृया अगाडी बढाउन डिन कार्यलयलाइ हामी माग गर्दछै। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ तत्काल दोशीलाइ अनुसन्धानको दायरामा ल्याउन जोडदार माग गर्दछौ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot