Logo

माधव नेपाल आज न्युजिल्याण्ड जाँदै



काठमाडौं, जेठ १२ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थाहन गर्दैछन् ।

न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थाहन गर्न लागेका हुन् ।

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा नेपालले विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot