Logo

हर्क साम्पाङ भन्छन् : हामी पनि‘अखण्ड नेपाल’भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ



काठमाडौं,१८ जेठ । गत हप्ता भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको‘अखण्ड भारत’नामको नक्सामा नेपालको भूभागहरु लुम्बिनी र कपिलवस्तुपनि समावेश गरेपछि नेपालका नागरिक र राजनीतिक दलहरु सशंकित बनेका छन् ।

यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन्।

भारतले नक्सा जारी गरेपछि साम्पाङले सामाजिक सञ्जालमा लेख्दै अखण्ड नेपाल भन्दै टिष्टा र काँगडासम्मको भूमि समेट्नुपर्ने बिचार व्यक्त गरेका हुन् ।

यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित बनेका हुन् । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot