Logo

हिसान काठमाडौंको आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न



काठमाडौं, २२ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौ जिल्लाले आयोजना गरेको म्याराथन (सडक दौड) प्रतियोगिता सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसरमा ‘Lets Run Together for Environment’ भन्ने मुल नाराका साथ ‘Frist HISSAN Marathon – 2023’ सम्पन्न भएको हो।

म्याराथन (सडक दौड) प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले गरेका थिए । म्याराथनमा तीन सय बढी विद्यार्थीहरु (महिला/पुरुष) को सहभागिता रहेको थियो ।म्याराथन काठमाडौको थापाथली स्थित ट्रेड टावरबाट शुरु भएर माइतीघर, बानेश्वर, सिभिल हस्पिटलबाट फर्किएर पुनः ट्रेड टावरको अगाडि आएर टुङ्गिएको थियो ।

म्याराथन प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितीय, र तृतीय पिनाकल कलेजका विद्यार्थी क्रमशः विकेश घिमिरे, विनय राई, नकुल घर्ती भए भने काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS)  का लक्ष्मण तामाङ चौथो, भेनस कलेजका मनोज तामाङ पाँचौ र जोसेफ कलेजका अमित बोहोराले छैटौं स्थान हासिल गरे।

त्यसैगरी महिलातर्फ जया मल्टिपल कलेजकी  रिदया राई प्रथम, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटककी अस्मिता तामाङ द्वितीय, भेनस कलेजकी सुक्लामो तामाङ तृतीय, KCCS कि पबित्रा गिरी चौथो, सेन्ट लरेन्स कलेजकी सुस्मिता राई पाँचौ र जुबिलियण्ट कलेजकी चाँदनी बिष्टले छैटौं स्थान हात पारिन् ।

प्रतियोगितामा सहभागीमध्ये महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने खेलाडीले १५ हजार, द्वितीय १० हजार र तृतीय हुने खेलाडीले ५ हजार प्राप्त गरे भने चौथो, पाँचौ र छैटौं हुने ३/३ जना विद्यार्थीले
३ हजार रुपिया पुरस्कार प्राप्त गरे।

कार्यक्रममा मन्त्री लिम्बूले खेलकुदले विद्यार्थीहरुको क्षमता जाँच्न र अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सघाउ पुर्‍याउने भन्दै यस्तो कार्यक्रमहरु अरु तलसम्म व्यापक बनाउनु पर्ने धारणा व्यक्त गरे ।
उनले देशलाई चिनाउन खेल महत्वपूर्ण माध्यम रहेको भन्दै युवा विद्यार्थीहरुले व्यावसायिक खेल जीवनलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले शिक्षामा खेलकुद अनिवार्य भन्दै हरेक शैक्षिक संस्थाले खेलकुदमा जोड दिनुपर्ने भन्दै त्यसमा युवा तथा खेलकुद मन्त्रालयले सघाउ पुर्‍याउने बताए ।

कार्यक्रममा हिसान काठमाडौ जिल्लाका अध्यक्ष शिवप्रसाद अधिकारीले खुला म्याराथनमा भागलिने सबै विद्यार्थीहरुलाई धन्यवाद दिदै पुनः विद्यार्थीहरुलाई विभिन्न खेल तथा अन्य रचनात्मक क्रियाकलापहरुमा जोड्ने बताए । कार्यक्रममा हिसान केन्द्र, प्रदेश र काठमाडौ जिल्लाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्