Logo

केपी ओलीले बोलाए खुसीसाथ एमालेमा फर्कने वामदेवको घोषणा



काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् ।

राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने घोषणा गरेका छन् ।

उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४-५ वर्षमा ७० वर्ष पुग्ने १०-१२ जना नेता छन्।’

उनले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताएका छन्। ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उनले भने, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’

पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो। मेरो सदस्यता अझै पनि त्यहीँ छ,अझै पनि त्यसको माया छ’, उनले भने, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot