Logo

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएकाले विरोध गरेका हौं : रवि लामिछाने



काठमाडौं,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुने समुदायको विरुद्धमा छ भन्ने भाष्य जबरजस्त रुपमा लाद्न खोजेर निमुखा नागरिकलाइ गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले आफु र आफ्नो दल नागरिकता विधेयकको विपाक्षमा नरहेको प्रष्टीकरण दिएका छन् ।

उनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियानै गलत भएको कारण विरोधमा उत्रनु परेको प्रष्ट पारे उनले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने धारणा रहेको बताए ।

‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ,जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’उनले भने

‘विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं । त्यहाँ भएको विभेदका विषयमा हामी कुराकानी गर्थ्यौं,’ उनले भने, ‘गलत बाटोबाट गएको हुनाले विरोध जनाएका हौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot