Logo

साफ च्याम्पियनसिपः आज नेपाल र पाकिस्तान भिड्दै



काठमाडौं असार १२ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ ।  पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot