Logo

बोल्दाबोल्दै बालिकाले माइक खोसेपछि ओलीले भने:‘नातिनीले नेता हुने छाँट देखाइन्’



काठमाडौं,२६ असार । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकलाई अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

ओलीले सम्बोधन गरिरहँदा एक सानी बालिका अकास्मात ओलीको छेउमा पुगेर माइक समातेर बोलेपछि रोचक दृष्य देखिएको छ । ओलीले आफ्नो छेउमा सानीनानी आएको देखेपछि हातले इसारा गरेका थिए । ओलीले छेउमा बोलाएपनि बालिका भने आफैले माइक तानेर बोल्न थालिन् । तर उनले बोलेको बुझिएन अर्थात केवल फु..फु.. गरेको आवाज मात्र सुनियो ।

केहबिेरको रोचक दृष्यपछि उक्त बालिकालाई अन्य व्यक्तिले लिएर गए । बालिकालाई जाने बेलामा ओलीले ‘नानी र म अहिले बाहिर सँगै फोटो खिच्नुपर्छ ’ भनेर पठाए ।

बालिका गएपछि ओलीले प्रतिक्रियास्वरुप हास्दै भने ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’ ओलीको उक्त अभिव्यक्तिप्रति हलमा उपस्थित कार्यकर्ताले तालिको गडगडाहटले हललाई गुन्जायस बनाइदिए । बैठक अहिले पनि जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot