Logo

हैट ! यस्तो पनि कविता हुन्छ ? (कविता)



  • दामोदर ढकाल ‘दीपक’

मन्तव्य
जम्दै छ मञ्चमा ।
वरिष्ठले भन्यो,
घरको काम घाम पानीबाट
आफू र आफ्ना परिवारलाई
सुरक्षित राख्नु हो ।
किन लगाईस् रङ्ग
रङ्गवालालाई धनी बनाउन ?

प्रमुखले ठोक्यो
राटो पर्यो जोत्दा खेतमा

कपाल काट्दा गह्रा परेको भेटियो भने
अरूलाई होईन ।
फलानाको नाम लिनु
अलिकति गाली गर्नु
किनकि उसले प्रतिकार गर्दैन ।
रङ्गवाला र फलानो एकै हुन् ।

हैट यस्तो पनि कविता हुन्छ ?



प्रतिक्रिया दिनुहोस्