Logo

ओलीले एमाले समाप्त गरेर माओवादी बलियो बनाएको आरोप लगाएपछि नमस्ते गरेर फर्किएँः वामदेव गौतम



काठमाडौं, ६ साउन । नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बोलाएर विभिन्न आरोप लगाएको खुलासा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै गौतमले अध्यक्ष ओलीले आफूलाई पार्टी एकताको विषयमा छलफल गर्न बोलाएर एमाले फुटान सहयोग गरेकोदेखि माओवादीलाई बलियो बनाएकोसम्म आरोप लगाएको बताएका हुन् ।

अध्यक्ष केपी ओलीले मलाई बोलाउनु भयो । म गएँ । मलाई एकीकृत गर्ने र मलाई कामको व्यवस्थापन गर्ने सन्दर्भका केही पनि बोल्नु भएन । तपाईले पार्टी पुटाउनुभयो । तपाईले प्रचण्डलाई साथ नदिएर मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन, तपाईले प्रचण्डलाई साथ दिनुभयो । मलाई आरोप लागाउनुभयो । ती आरोपहरु लागू हुन्थ्यो भने मैले आज जेल जीवन विताउन पर्ने थियो । एमाले समाप्त गरेर माओवादीलाई बलियो बनाउनतिर लाग्नुभयो भनेर भनिसकेपछि मैले उहाँलाई नमस्कार गरेर विदा भएर आएँ,’– उनले भने ।

नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा प्रवेश गरेको ७३ वर्षीय मुकन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनका लागि उमेर हद सम्बन्धी व्यवस्था निलम्बन गरिएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot