Logo

‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’



काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्कली भुटानी शरणार्थी बन्ने बनाउने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज (आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको दलाल पुँजीवादी व्यवस्थाले मान्छे बेच्ने काम गरिरहेको आरोप लगाए ।

‘मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने ।

अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको उनको भनाई छ । एमाले, माओावादी र कांग्रेस एउटै ड्याङको मुला भएकाले यिनीहरुबाबट देश चल्न नसक्ने उनको दाबी छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्