Logo

बालुवाटारमा प्रचण्ड,देउवा र ओलीबीच छलफल जारी, फुक्ला त सदनको गाँठो ?



काठमाडौँ,२४ साउन । संघीय संसदका दुबै सदनमा जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख ३ दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक जारी छ ।

बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसदमा अवरोध राख्दै आएको छ । संसद खुलाउनका लागि सोमबार र मंगलबार भएका दलहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot