Logo

संसद्मा प्रदीप गिरीको अभाव झनै खड्कियोः गगन थापा



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले संसद्मा स्वर्गीय प्रदीप गिरीको अभाव खड्किएको बताएका छन् ।

स्वर्गीय गिरीको प्रथम वार्षिक पुन्य तिथिको अवसरमा स्वर्गीय गिरीको सम्झना गर्दै उनले यसबीचमा आफूले गिरीलाई धेरै सम्झिएको बताएका छन् ।

स्वर्गीय गिरी आफ्नो राजनीतिक तथा वैचारिक पथप्रदर्शक रहेको उनको भनाई छ । गिरीसँगको भेटमा हुने विचार, विमर्श, किताब छलफल र उनले दिने सुझाव सधैँ स्मृतिमा रहने उनले बताएका छन् ।

‘प्रदीप दाइ हामी बिचबाट बिदा हुनुभएको एक वर्ष भइसकेछ। यसबीचमा धेरै घटनाक्रमहरू भए, दाइलाई धेरै सम्झिएँ। प्रदीप दाइ भएको भए कसो गर्नु हुन्थ्यो होला, के भन्नु हुन्थ्यो होला? संसदमा उहाँको अभाव झनै खड्कियो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot