Logo

कर्णाली एउटा सभ्यता हो, यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली एउटा सभ्यता भएको बताएका छन्।

सोमबार सुर्खेत पुगेका प्रधानमन्त्री दाहालले कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली एउटा सभ्यता भएको र यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको बताएका हुन्।

‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित छु । साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्‍न सक्दछ। कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु। कर्णाली एउटा सभ्यता हो। यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारले साथ र सहयोग गर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot