Logo

कोशीका मुख्यमन्त्री थापाविरुद्ध अदालत जाने एमालेको तयारी



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री उद्धव थापाविरुद्ध अदालत जाने तयारी भइरहेको बताएका छन् ।

कोशी प्रदेश सभामा हिजो (सोमबार) विश्वासको मत लिएका मुख्यमन्त्री थापाले सभाको अध्यक्षता ग्रहण गरिरहेका इस्राइल मन्सुरीबाट समेत विश्वासको मत लिएर बहुमत पुर्याका थिए ।

सभाको अध्यक्षता ग्रहण गरिरहेका मन्सुरीले पनि मतदान गरेपछि एमालेले प्रदेश सभामा अवरोध गरेको थियो । एमालेको अवरोधकाबीचमा पनि मन्सुरीले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

कोशी प्रदेश सभामा सरकारले गरेको उक्त कार्यलाई एमालेले संसदीय अपराधको रुपमा हेरेको प्रमुख सचेतक भण्डारीले बताए ।

‘यसका विरुद्ध हामी अदालत जाने तयारीमा छौं । सम्भवतः हामी भोलि (बुधबार) नै मुद्दा दर्ता गर्ने कोशिस गरिरहेका छौं । भोलि केही गरी भ्याइएन भने पर्सी (बिहीबार) सम्म अनिवार्य मुद्दा दर्ता गर्छौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक भण्डारीले भने ।

प्रमुख सचेतक भण्डारीेले मुख्यमन्त्री थापाले विश्वासको मत नपाएको दाबी गरे । अब सत्ता गठबन्धनको च्याप्टर क्लोज भएको उनको भनाई छ ।

‘उहाँहरुसँग ४६ मात्रै छ । उहाँलाई विश्वासको मत नै प्राप्त भएको छैन । अब उहाँहरुको च्याप्टर सकियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot