Logo

प्रधानमन्त्री प्रचण्डमाथि खनिए शेखर कोइराला, जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप



काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । आज (शनिबारं विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री दाहालको आलोचना गरेका हुन् । उनले भने–‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

कोइरालाको टिप्पणी कोशी प्रदेशको नामाकरणको बारेमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलक्षित थियो । उनले भने,‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो रु’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’ तस्विर : दिनेशचन्द्र थपलिया



प्रतिक्रिया दिनुहोस्