Logo

भारतसँग नेपालको खेल हेर्न पूर्वक्रिकेटर गौचन लागे श्रीलंका



काठमाडौं,१४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडि एवं सफल क्रिकेटर शक्ति गौचन श्रीलंका प्रस्थान गरेका छन् ।

भदौ १८ गते हुने नेपाल र भारतबीचको एसिया कप क्रिकेट हेर्न गौचन श्रीमतीसहित श्रीलंका उडेका हुन् ।

‘नेपाली टोलीलाई चियर गर्न श्रीलंकातर्फ लागियो’, लेख्दै उनले तस्बिरहरु पोस्ट गरेका छन् । शक्ति हाल भैरहवामा एकेडेमी चलाइरहेका छन्। नेपाली टोलीमा रहेका कुशल मल्ल उनकै एकेडेमीका उत्पादन हुन् ।

नेपाल आफ्नो पहिलो खेलमा हिजो क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot