Logo

मन्त्री किरातीले भने–डा. ल्हारकाल लामा विवादित व्यक्ति होईन, विवादित बनाईयो



काठमाडौं, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाको प्रशंसा गरेका छन् । उनले लामा विवादित व्यक्ति नभएको जिकिर गरे । तर, लामालाई विवादित बनाईएको उनको भनाई छ । उनले लामा राष्ट्रिय सहमतिको मान्छे भएको बताए ।

आज (आइतबार) प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लामाको योग्यता र क्षमताकै कारण लुम्बिनी विकास कोषमा नियुक्त गरिएको स्पष्ट पारे ।

उनले भने,‘ल्हारक्याल लामा त आफैं बुद्धिजममा पीएचडी गरेको मान्छे बुद्धिस्ट समुदायको अन्तर्राष्ट्रिय महासचिव मान्छे, संविधानसभाको दुई पटक सदस्य भएको मान्छे हो, त्यसमा पनि हाम्रो पार्टीको केन्द्रीय सदस्य भइसकेको मान्छेलाई नियुक्त गर्नु त एकदम जायज काम गरेको हो, विस्तारै कुरो खुल्दै गयो मान्छेहरु स्पष्ट हुँदै गए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot